पाँच मधेशी दलको नयाँ पार्टीको औपचारिक घोषणा, पार्टीको नाम, झण्डा र चिह्न सार्वजनिक

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार १५:५६


काठमाडौं, बैशाख ७ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध सात मधेशीवादी दलमध्ये पाँच दलबीच एकता भएको छ ।

एकताको घोषणापछि नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । कार्यक्रमबीच पार्टी एकताको औपचारिक घोषणा गर्दै पार्टीको चिह्न र झण्डा ‘छाता’ सार्वजनिक गरेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता भएको हो । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....