सरकार र मधेशी मोर्चाको बैठक सम्पन्न, मधेसी मोर्चा सकारात्मक

काठमाडौं, बैशाख ८ ।
सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री दाहालले आव्हान गरेको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो । बैठकमा मधेशी मोर्चा सकारात्मक रूपमा प्रस्तुत भएको र संविधान संशोधन विधेयक परिमार्जन भए स्वीकार्य हुने बताएको छ ।
प्रधानमन्त्री दाहालले मोर्चाको प्रस्तावबारे सत्तारुढ दलका नेताहरूसँगको परामर्शपछि पुनः बैठक बसरे सहमतिको प्रयास गर्ने जनाएको छ ।
आज दिउँसो ३ बजे सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको बैठक बसेपछि बेलुका ५ बजे सरकार र मोर्चाबीच पुनः बैठक बस्ने भएको छ ।
प्रतिक्रिया