बैशाख ३१ गते एकै चरणमा निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री महत

प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार १२:४९


चितवन, बैशाख ९ ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा मधेश केन्द्रित दलले पनि सहभागिता जनाउने धारणा व्यक्त गरेका छन् ।

चितवनमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले मधेश केन्द्रित दलसँगको छलफललाई तीब्र रूपमा अघि बढाएको बताउँदै बैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा निर्वाचन हुने दाबीसमेत गरेका छन् ।

सरकारले मोर्चाको माग पूरा गर्न परिमार्जनसहितको संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै निर्वाचनका लागि सबै तयारी भइरहेको जानकारी दिए ।

एक फरक प्रसङ्गमा मन्त्री महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुमधर बनाउन सहयोग गरेको बताए ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....