मोर्चासँग भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार ०८:५८


काठमाडौं, बैशाख १० ।
मधेशी मोर्चामा आबद्ध दलहरू र सरकारबीच शनिबार अबेरसम्म बसेर सहमति भएको तीन बुँदेलाई कार्यान्वयनमा ल्याउन आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् ।

संविधान संशोधन प्रस्ताव र चुनावको मितिबारे निर्णय गर्न आज ११ बजे सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्ने तयारी गरेको हो । बैठकले संशोधन प्रस्तावलाई फाष्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाउने र दुई चरणको निर्वाचनको मिति समेत तय गर्ने भएको छ । पहिलो चरणको निर्वाचन तोकिएको मिति अर्थात बैशाख ३१ मा नै हुनेछ भने अर्को जेठभित्र गर्ने सहमति भए तापनि मिति आजको बैठकले तय गरिने जनाएको छ ।

बैठकले निर्वाचन दुई चरणमा गर्ने, स्थानीय तहको संख्या थप, सीमांकन हेरफेरका लागि बनाइने संघीय आयोगको संरचना निर्माणलगायतका विषयमा समेत निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठकको निर्णयपछि दुबै पक्षबीच औपचारिक सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति हिजोको बैठकले गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....