मन्त्रीपरिषद्को बैठक स्थगित, प्रधानमन्त्री दाहाल ओली निवासतर्फ

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार १३:५३


काठमाडौं, बैशाख १० ।
मन्त्रीपरिषद्को बैठक स्थगित गरेर प्रधानमन्त्री दाहाल बालकोटतर्फ जाँदै छन् । शनिबार मोर्चासँग भएको सहमतिबारे छलफल गर्न प्रधानमन्त्री बालकोट जान लागेको हो ।

मधेशी मोर्चासँग भएको सहमतिबारे एमाले नेताहरूसँग कुनै छलफल नगरेको टिप्पणी आएपछि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ‘विपक्षीलाई समेत सहमतिमा ल्याएर संशोधन र चुनावबारे मन्त्रीपरिषद्ले निर्णय गर्ने आशय हो ।’

प्रधानमन्त्री दाहालले आज संशोधन र चुनावबारे आवश्यक निर्णय गर्न मन्त्रीपरिषद्को बैठक बोलाएका थिए । मन्त्रीपरिषद्को बैठक स्थगित गरेर प्रतिपक्षी एमालेसँग समेत यसविषयमा छलफल गरेर राष्ट्रिय सहमति कायम गर्ने र सोही आधारमा सरकारको धारणा बनाउन दाहालले विपक्षी एमालेसँग छलफल गर्न बालकोट गएको सचिवालयले बताए ।

संविधान संशोधन पारित गर्न एमालेको पनि भूमिका महत्वपूर्ण हुने भएकाले राष्ट्रिय निकासका लागि प्रतिपक्षलाई समेत सहमतिमा ल्याउने उद्देश्यले दाहाल ओली निवास गएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....