प्रधानमन्त्री बालकोटबाट फर्किए लगत्तै मन्त्रिपरिषद् बैठक सुरु

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार १५:२९


काठमाडौं, बैशाख १० ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबार फर्किएका छन् ।

उनी फर्किए लगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सरकार र मोर्चाबीच शनिबार भएको सहमतिबारे छलफल गर्न ओली निवास पुगेका हुन् । सरकार र मधेशी मोर्चाबीच संविधान संशोधन तथा स्थानीय तहको चुनावलाई प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सकारात्मक भएको बताए ।

मोर्चासँग सरकारले गरेको सहमतिअनुसार दुई चरणमा चुनाव गर्ने प्रस्तावमा ओली सहमत भएको र संविधान संशोधनका बारेमा प्रस्ताव हेरेर अघि बढ्ने भएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले निर्वाचन दुई चरणमा गर्ने, स्थानीय तहको संख्या थप, सीमांकन हेरफेरका लागि बनाइने संघीय आयोगको संरचना निर्माण लगायतका विषयमा निर्णय हुने जनाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....