सिपाडोलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार १७:०९


भक्तपुर, बैशाख १० ।
सिपाडोलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सूर्यबिनायक नगरपालिकाको आर्थिक सहयोगमा विष्णुनारायण महिला सामुदायिक संस्थाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा र नर्भिक अस्पताल काठमाडौंका हाडजोर्नी, नशा तथा पाईल्स रोगसँग सम्बन्धित विशेषज्ञ तथा चिकित्सकहरूबाट बिरामीहरूको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सिपाडोल स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरबाट ३०० स्थानीय बासिन्दाले सेवा लिएका छन् । शिविरमा बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....