‘क्यान्सर’ गम्भीर रोग तर, विकल्प छ, यी उपाय अपनाउनुस्

प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार १८:२३


काठमाडौं, बैशाख १० ।
मानिसलाई विभिन्न रोगले छोए पनि त्यसको उपचार ढिलो चाँडो हुने गर्दछ । तर, कुनै कुनै रोग एकदम गम्भीर प्रकारका हुने गर्छन् । जुन नाम सुन्दै उसको स्मरण शक्ति नै कमजोर अवस्थामा पुग्दछ । त्यो हो ‘क्यान्सर’ ।

क्यान्सर रोग भन्ने बित्तिकै प्राय मानिसले गम्भीर प्रकारको रोगको रूपमा लिने गरेको पाइन्छ । जुनसुकै क्यान्सर लागे पनि पैसा र शरीर दुबैको नोक्सान हुने गरेको छ । तर, क्यान्सरलाई समयमै पहिचान गर्न सकियो भने उपचार गर्न सकिन्छ ।

क्यान्सर लाग्दैमा वा क्यान्सरका लक्षण देखिँदैमा आँत्ति नै हाल्नुपर्ने अवस्था भने छैन । तर, नियमित रूपमा जाँच र चिकित्सकको परामर्श भने लिनुपर्छ । यसको लक्षण देखिएमा बेवास्ता गर्नु हुँदैन । हरेक रोग जस्तै क्यान्सरमा देखिने पाँच लक्षण यसप्रकार छन् ।

१. दुखाई
शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाई महशुस भयो भने यसलाई बेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाई कम गर्ने मुर्खता पनि नगर्नुस् । विभिन्न प्रकारको क्यान्सरमध्ये महिलामा हुने स्तन क्यान्सर सुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

२. ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमित रूपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समयसम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काहीँ सिजनल ज्वरो आएको भनेर लापर्बाही गर्दा गम्भीर समस्या पनि हुन सक्छ ।

३. दुब्लाउँदै जानु वा वजन कम हुनु
यदि तपाईं एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशतसम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरिक अभ्यास नै नगरिकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत पनि होइन ।

४. थकान
जतिबेला पनि थकान वा कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका सुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि हो । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरूलाई यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाई लाग्ने र कमजोर महशुस हुने गर्दछ ।

५. तनाव
जतिबेला पनि तनाब हुन्छ । दिसा र पिसाबको रङ्ग बदलिएको छ भने सतर्क हुनुस् । यस्तो अवस्थामा सकेसम्म छिटो जाँच गर्नु राम्रो हुन्छ । धेरैजसो मानिस व्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर, कहिले काहीँ यस्तो हुनु गम्भीर समस्याको संकेत पनि हुन सक्छ । क्यान्सरका लक्षणमध्ये अत्याधिक तनाव र शरीर चिलाई रहने पनि हो ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....