विनाशकारी महाभूकम्पको दुई वर्ष : पुनःनिर्माण कछुवाको गतिमा, लाखौं पीडित तहरामै

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार ०८:३७


काठमाडौं, बैशाख १२ ।
आज बैशाख १२ गते । आजकै दिन अर्थात २०७२ साल बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारप्राकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको विनाशकारी महाभूकम्प गएको दिन । जसले देशका एक दर्जनभन्दा बढी जिल्लालाई केहीँ सेकेण्डमै तहसनहस बनाइएको थियो । ठीक दुई वर्ष अगाडि गएको उक्त महाभूकम्पले कैयौंको ज्यान गयो भने कैयौंको संख्यामा अपाङ्ग र घाइते भएका थिए ।

करिब नौ हजार मानिसले मृत्युवरणसमेत गर्नुपरेको थियो । उक्त भूकम्पमा २२ हजारभन्दा बढी घाइते भएका थिए । अझै पनि कैयौं मानिस अस्पतालमा उपचाररत छन् । वि.सं. १९९० सालपछिको ठूलो मानिएको उक्त भूकम्पबाट १४ अति प्रभावितसहित ३१ जिल्लामा असर पारेको थियो । निजी घर र सरकारी भवन गरी करिब नौ लाख घर कामै नलाग्ने गरी भत्किएका थिए । एकाएक आइलागेको बज्रपातबाट मुलुकको समग्र राष्ट्रिय अर्थतन्त्रमै नराम्रो असर पारेको थियो । भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि अझै पुनःनिर्माणले तीब्रता पाउन सकेको छैन । जसका कारण लाखौं भूकम्प पीडित अझै पनि तहराको बासमा बस्न बाध्य भइरहेका छन् ।

दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे तापनि ९० प्रतिशत भूकम्प पीडितको बास अहिले पनि टहरामै रहेको छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारले पुनःनिर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् ।

चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क विश्लेषण गर्दा भूकम्पपछिको पुनःनिर्माणमा सरकार असफल देखिएको छ । हालसम्म निजी आवास पुनःनिर्माणमा नौ दशमलव ५२ प्रतिशत मात्रै प्रगति भएको देखिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....