‘नमुना स्थानीय सरकार’ प्राथमिकता दिँदै, कांग्रेसले आज घोषणा पत्र जारी गर्दै

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार १०:१३


काठमाडौं, बैशाख १२ ।
व्यवस्थापिका संसद्को ठूलो दलको रूपमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसले आज स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको घोषणा पत्र जारी गर्ने भएका छन् ।

पार्टीको मुख्य कार्यालय सानेपामा आज पार्टीका सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे एक कार्यक्रमको आयोजना गरी पार्टीको घोषणा पत्र जारी गर्ने तयारी गरेका छन् । वृहत छलफल र सबै पक्षसँगको सुझाव संकलनपश्चात् कांग्रेसले पार्टीको घोषणा पत्र जारी गर्न लागेको हो ।

उसले तयार पारेको घोषणा पत्रमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकता दिएको छ । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुरूप स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई कांग्रेसले प्राथमिकतामा राखेको घोषणा पत्र तयारी समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिएका छन् ।

कांग्रेसले तयार पारेको घोषणा पत्रमा स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, शीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर एक रोजगारी, प्रसुति सेवासहितको कम्तीमा १५ शैय्याको सुविधासम्पन्न अस्पताल बनाउनेलगायत विकासका एजेण्डा समावेश गरिएको छ ।

निर्वाचनमा ज्येष्ठ नागरिक भत्ता वृद्धि, महिला स्वयंसेविकाको सुविधामा वृद्धि, सबै वडा, टोलमा पक्की सडक, उज्यालो बस्ती, घर–घरमा स्वच्छ ऊर्जा, घर–घरमा खानेपानी, धारा र शौचालय, फोहर व्यवस्थापन केन्द्र, सुरक्षा पोष्ट, बाल, युवा तथा महिला क्लब, बारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....