एमाले अध्यक्ष ओली निवासमा स्थायी समिति बैठक जारी

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार १३:४७


काठमाडौं, बैशाख १२ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटीको बैठक अहिले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा जारी रहेको छ ।

जारी रहेको बैठकमा निर्वाचनलाई केन्द्रित बनाएर छलफल जारी रहेको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ‘लाईभ अफ नेपाल’ लाई जानकारी दिएका छन् ।

उनकाअनुसार जारी रहेको बैठकले स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिका र महानगरपालिकामा पार्टीकातर्फबाट उठ्ने मेयर र उपमेयरका उम्मेदवारको टुङ्गो लगाउने भएका छन् ।

नगरपालिका र गाउँपालिकामा उठ्ने सबै उम्मेदवारको टुङ्गो लगाउने अधिकार प्रदेश र जिल्ला कमिटीलाई दिइएको छ । बैठकले चुनावी घोषणा पत्रलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने मिति पनि तोक्ने कार्यालय सचिव श्रेष्ठले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....