तपाईंको एक मिनेटले दिन्छ स्वास्थ्यमा यस्तो चमत्कार

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार १९:०५


काठमाडौं, बैशाख १२ ।
हामीसँग एउटा साधारण तरिका छ, जुन स्वास्थ्यको लागि लाभदायक पनि छ । तपाईंहरूले मात्र आफ्नो जिब्रोबाट आफ्नो तालु (Palate) लाई छुनु पर्नेछ र सास लिनुपर्ने हुन्छ । जुन–जुन व्यक्तिलाई राति सुत्ने बेलामा निन्द्रा लाग्दैन तिनीहरूले यो उपाय लागू गर्यो भने राम्रो निद्रा लाग्छ ।

तर तपाईंहरूले यस्तो व्यायाम गर्नुभयो भने एकदमै लाभदायी हुन्छ । यसको सिधा प्रभाव तपाईंहरूकै स्वास्थ्यमा पर्छ ।

व्यायाम गर्ने तरिका
जिब्रोको चुच्चाले आफ्नो तालुलाई छोएर बिस्तारै नाकले सास भित्र बाहिर गर्ने । सास बाहिर निकालेपछि रोकेर चार अङ्कसम्म गणना गर्ने र फेरी सास लिने र रोकेर सात अङ्कसम्म गणना गर्ने । त्यसपछि लामो सास लिएर मुख फुलाएर आठ अङ्कसम्म गणना गरी सिटी बजाएको आवाज निकाल्ने । यही प्रक्रियालाई चार पटक गर्नुपर्ने हुन्छ ।

चिकित्सककाअनुसार यो व्यायाम दिनहुँ गर्ने तर यो प्रक्रिया दुई तीन महिनासम्म लगातार गर्यो भने शारीरिक हिसाबले विज्ञानको सहयोगले आफूले आफूलाई एक महत्वपूर्ण परिवर्तन देख्न सकिने छ ।

यसो गर्दा पाचन शक्ति राम्रो हुने गर्छ र मुटुको धड्कन कम गरी रक्तचापमा पनि राम्रो सुधार आउँछ ।

तपाईंहरूलाई राति सुत्ने बेलामा समस्या र तनाबका कारण निन्द्रा लागेन भने यो तरिका अपनाएको खण्डमा स्वास्थ्यमा क्रमिक रूपमा सुधार आउनुका साथै निन्द्रा पनि राम्रोसँग लाग्न ठूलो मद्दत पुग्नेछ । तान्त्रिक तन्त्रलाई प्राकृतिक तरिकाले निको पार्न यसले सहयोग गर्छ र तनावबाट टाढा राख्न र आराम गर्न यसले ठूलो सहयोग पुर्‍याउँछ ।


प्रतिक्रिया

ताजा खबर

More

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले.....