प्रधानमन्त्री दाहालको द्वैध चरित्र भएको अध्यक्ष ओलीको आरोप

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार १२:५०


काठमाडौं, बैशाख १३ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको चर्को आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा गरिएको एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको चरित्र विचित्रको भएको बताएका छन् ।

उनले प्रधानमन्त्री दाहालले पटकपटक बोली फेर्ने गरेको भन्दै द्वैध चरित्र नदेखाउन र देशलाई विखण्डन गर्ने संशोधन नगर्न आग्रह गरे । संविधान संशोधनको नाममा तराईलाई पहाडबाट टुक्राउने घुमाउँरो प्रस्ताव आफूलाई मान्य नहुने बताएका थिए ।

राजनीतिक सहमतिका लागि एमाले बाधक भएको भन्ने आरोपको खण्डन गर्दै उनले राष्ट्रिय हितमा हुने कुनै पनि विषयमा आफूहरू बाधक नबन्ने स्पष्ट पारे ।

अध्यक्ष ओलीले मनमोहन अधिकारी सामाजिक आन्दोलनका अगुवा र बहुमुखी प्रतिभाका धनी भएको भन्दै नेपाली जनताको पक्षमा उनले पुर्‍याएको योगदानको चर्चा गरे ।

उक्त कार्यक्रममा मूख्य अतिथिका रूपमा पूर्वप्रधानमन्त्री ओलीलगायत झलनाथ खनाल, माधवकुमार नेपाल, भरतमोहन अधिकारी र एमालेका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थितीमा स्वर्गीय अधिकारीको प्रतिमामा माल्यापर्ण गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....