संशोधन विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं, बैशाख १४ ।
व्यवस्थापिका–संसद्को बैठकले “नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७३ माथी विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
संसद्को बुधबार तेश्रो पटक बसेको बैठकमा संशोधन विधेयकमाथी विचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ पेश हुँदा सभामुख ओनसरी घर्तीमगरले बहुमतले स्वीकृत भएको घोषणा गरेकी थिइन् ।
यसअघि संसद् बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले “नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७३ माथी विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावउपर छलफलका क्रममा यसअघि गणपूरक सङ्ख्या नपुगेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । संसद्को अर्काे बैठक यही बैशाख १७ गते बिहान ११ बजे बस्ने भएको छ ।
प्रतिक्रिया