‘सिके राउतभन्दा पनि खतरनाक केपी ओली’ : स्वास्थ्यमन्त्री थापा

काठमाडौं, बैशाख १४ ।
स्वास्थ्यमन्त्री गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सिके राउत भन्दा पनि खतरनाक भएको बताएका छन् ।
काठमाडौं, क्षेत्र नं. २ को चुनावी सभामा आज सम्बोधन गर्दै स्वास्थ्यमन्त्री थापाले यस्तो बताएका हुन् । स्वास्थ्यमन्त्री थापाकाअनुसार ‘प्रचण्ड सरकारले हाल संसद्मा दर्ता गरेको प्रदेशहरूको सीमांकनको नक्सा केपी ओली आफैंले कोरेका हुन् । त्यही सीमांकन संशोधन संसद्मा पेश गर्दा नेपाली कांग्रेस राष्ट्रघाती हुने र ओली चाँही राष्ट्रवादी हुने ?’
उक्त भाषणमा एमाले प्रति आक्रोशित देखाउँदै थापाले राप्रपालाई लक्षित गर्दै मन्दिरमा भएका मुर्तिहरू बेच्नेले धर्म खतरामा परेको भन्ने गरेको बताएका छन् ।
सिके राउतका कारण देशलाई खतरा हुने होइनकि एमालेका कारण राष्ट्रियता धरापमा परेको आरोप समेत लगाए ।
प्रतिक्रिया