एमाले अध्यक्ष ओली र स्थानीय विकासमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं, बैशाख १४ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री कमल थापाबीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा स्थानीय तहको निर्वाचन, मधेशी मोर्चाका असन्तुष्टि र स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल भएको थियो ।
स्थानीय विकासमन्त्री थापाले स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका रूपमा अगाडि आएको मधेशी मोर्चालाई कसरी समेटेर जाने र सीमाङ्कनसम्बन्धी विवादको निदान कसरी खोज्ने भन्ने बारेमा छलफल भएको जानकारी दिए ।
प्रमुख प्रतिपक्ष एमाले मुलुकका वर्तमान सबै समस्याको समाधान खोज्न सकारात्मक रहेको बताएका छन् ।
प्रतिक्रिया