म्यादी प्रहरीमा विप्लव र मधेशी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको आशंका

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार ०८:४३


काठमाडौं, बैशाख १५ ।
गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा माओवादी र मधेशी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको आशंका गर्दै त्यसमाथी कडा निगरानी गर्न थालेको छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचन विरोधी घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथी कडा निगरानी गर्न थालिएको हो । म्यादी प्रहरीमा चुनाव विरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको श्रोतले बताएको छ ।

सरकारले पहाडी जिल्लामा म्यादी प्रहरी परिचालन गर्दा गाउँपालिका फरक पारी जिल्लाभित्रै परिचालन गर्ने तयारी गरेको छ । तराईका जिल्लामा भने महिला म्यादी प्रहरीबाहेकलाई अन्तर जिल्लामा खटाउने तयारी गरिएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....