प्रम दाहालको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, बैशाख १५ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ ।
स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रचण्डले शुक्रबार दिउँसो ३ बजे सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन प्रधानमन्त्रीले छलफल आयोजना गरेको प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिएको छ ।
संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नु भए अनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया