व्यवस्थापिका संसद्मा संशोधनको पक्षमा दुई तिहाई मत पुगेको दाबी

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार १८:३५


काठमाडौं, बैशाख १५ ।
व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाई मत पुग्न नदिन एमालेसहितका प्रतिपक्षी दलहरूले प्रयास गरिरहँदा सरकारले भने संशोधनको पक्षमा दुई तिहाई मत पुगेको दाबी गरेको छ ।

सरकारले भोलिसम्म संविधान संशोधन प्रस्तावमाथी नै संशोधन हालेर भए पनि एमालेसहित सहमतिको प्रयास जारी राख्ने जनाएको छ । संविधान संशोधनको पक्षमा दुई तिहाई मत पुर्‍याउन अहिले कायम रहेको सदस्य संख्या पाँच सय ९३ मध्ये तीन सय ९६ मत पुर्‍याउनुपर्छ ।

अहिले सत्तापक्ष र विपक्षमा देखिएको मत गन्दा स्पस्ट रूपमा यही हुन्छ भन्ने अवस्था छैन । तर, केही विपक्षी दलसमेत सत्तारुढ दललाई सघाउन तयार भएको सरकारको बुझाइ छ । अर्कोतिर विपक्षी एमालेसहितको गठबन्धनले आफूहरूसँग प्रस्ताव ‘फेल’ गर्न पुग्ने एक तिहाई बढी मत रहेको दाबी गरिरहेको छ ।

सरकारले प्रस्तावको पक्षमा कांग्रेस २०७, माओवादी केन्द्र ८१, राप्रपा ३७, राजपा नेपाल २५, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक १७, संघीय समाजवादी १५, नेकपा संयुक्त २, परिवार दल २ र अन्य ११ गरी ३९८ मत रहेको दाबी गरेको छ । जबकी, दुई तिहाई पुग्न ३९६ मत भए पुग्छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि सरकारले लगेको संशोधन प्रस्तावमा प्रस्ट रूपमा दुई तिहाई मत पुगिसकेको दाबी गर्छन् । एमालेभित्रै पनि तराई–मधेशका थुप्रै सांसद्ले प्रस्तावको पक्षमा मत हाल्न दबाब दिएकाले अन्तिममा एमालेले पनि सहयोग गर्ने अपेक्षा गृहमन्त्री निधिको छ ।

विपक्षी गठबन्धनसँग अहिले एमाले १८१, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, बहुजन पार्टी १, नेपा पार्टी १ गरी १९५ मत प्रस्ट रूपमा देखिएको छ । परिवार दल र मेघराज निषाधको पार्टीले सहयोग गर्ने एमालेको दाबी छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....