पहिलो चरणको निर्वाचनका लागि उपत्यकामा अध्ययन अनुमति

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार ०६:३५


काठमाडौं, बैशाख १६ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नेपालस्थित विदेशी कूटनीतिज्ञहरूलाई काठमाडौं उपत्यकामा अध्ययन भ्रमणको व्यवस्था गरिएको र दोश्रो चरणको निर्वाचनका लागि पछि निर्णय गरिने जनाएको छ ।

आयोगद्वारा शुक्रबार ललितपुरमा आयोजित नेपालस्थित विदेशीस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो ।

स्थानीय तह निर्वाचनको तयारी र निर्वाचन व्यवस्थापनलगायतका विषयमा जानकारी दिन आयोजित अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४९ वटा राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति प्रदान गरिएको जानकारी दिएका हुन् ।

उनले नेपालस्थित कूटनीतिक नियोग र विकास संस्थाका प्रमुख तथा साझेदार संस्थालाई काठमाडौं उपत्यकामा भ्रमण अध्ययनका लागि स्वागत गरिने बताए ।

आयुक्त इला शर्माले यो स्थानीय तह निर्वाचन भएकाले राष्ट्रिय पर्यवेक्षकलाई पर्यवेक्षणको अनुमति दिइएको छ र नेपालमा रहेका विदेशस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिलाई काठमाडौं उपत्यकामा मात्रै अध्ययन भ्रमणको व्यवस्था गरिएको स्पष्ट पारे ।

सहभागी केही विदेशीले पहिलो चरणमा उपत्यकाभित्र र दोश्रो चरणमा कहाँ जाने व्यवस्था हुन्छ भन्ने चासो व्यक्त गरेपछि आयुक्त शर्माले यस विषयमा आयोगबाट पछि निर्णय हुने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....