प्रहरी महानिरीक्षक नियुक्ति विवादमा प्रधानन्यायाधीश कार्की स्वतः निलम्बित

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार १७:१४


काठमाडौं, बैशाख १७ ।
प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी स्वतः निलम्बित भएकी छिन् । प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रियामा प्रधान न्यायाधिश सुशिला कार्की विवादमा तानिएकी हुन् ।

कार्कीले प्रहरी महानिरीक्षकका दावेदार डिआइजी नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको नक्कली फाइललाई मान्यता दिएको भन्दै सरकार र सर्वोच्च अदालतबीच विवाद बढेको थियो ।

कांग्रेस र माओवादी केन्द्रका २५९ सांसद्को हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको महाभियोग प्रस्तावलाई दर्ता गराउन कांग्रेस सांसद्हरू संसद् सचिवालय पुगेका थिए ।

आज दिउँसो सत्तारुढ दलका सांसद्हरूले संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावमा प्रधान न्यायाधीश कार्कीले प्रहरी ऐनअनुसार प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्न खोजेको, डिआइजी नवराज सिलवालको कार्य सम्पादन फाइल नक्कली भएको प्रमाणित हुँदा पनि सदर गरेको, स्वतन्त्र न्याय प्रणालीलाई प्रभावित गर्न १९ जना न्यायाधीश हुँदाहुँदै पनि पटकपटक आफू अनुकूलका न्यायाधीशहरूको मात्रै इजालास खडा गरेको, न्यायाधीशहरूलाई आफ्नो स्वार्थ अनुकूलको फैसला गर्न दवाव दिने गरेको र त्यसले स्वतन्त्र न्यायपालिकाको विश्वव्यापी मान्यता र नेपालको न्यायालयको गरिमामाथि गम्भीर आँच पुगेको कुरा उल्लेख गरिएको छ ।

संविधान धारा १०१ को (६) उपधारा (२) बमोजिम कार्की महाभियोग प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेकी हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....