राप्रपा पनि सरकारबाट बाहिरिँदै

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार १९:२७


काठमाडौं, बैशाख १७ ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि भोलि सोमबार सरकारबाट बाहिरिने भएको छ ।

भोलि बिहान केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सरकार छाड्ने निर्णय हुने उच्च श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार जना मन्त्री सहभागी छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकोप्रति असन्तुष्ट रहेको राप्रपाले भोलि सरकारबाट बाहिरिने निर्णय गर्ने श्रोतको दाबी छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....