नेपाललाई भारतको उपनिवेश बनाउने खेललाई पूर्वराजा ज्ञानेन्द्रले रोके

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार २२:१३


काठमाडौं, बैशाख १७ ।
प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षीका विरोधका बाबजुत जुनसुकै हालतमा आज संविधान संसोधन पारित गर्ने तयारीमा रहेको दाहाल सरकारलाई गम्भीर झड्का लागेको छ ।

एमालेलगायतका दलले देशका लागि नै खतरानाक भनिरहेको संशोधन प्रस्ताव सरकारले आज जसरी पनि संविधान संशोधन विधेयक पारित गराउने तयारी गरेको थियो । त्यसका लागि सरकार जुनसुकै हदसम्म जाने अन्तिम तयारी पनि प्रधानमन्त्रीले गरेका थिए ।

प्रमुख प्रतिपक्षी एमालेको विरोधका बाबजुद संशोधनको पक्षमा लगभग बहुमत पुगिसकेको थियो । तर, अन्तिम समयमा सत्तारुढ दल राप्रपाकै सांसद्बाट धोका भयो र सरकारको प्रयास खेर गयो । आखिर राप्रपाका सांसद्हरूले सरकारलाई किन धोका दिए त ?

पार्टीले संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेपनि राप्रपाका १५ सांसद्ले बिहानै राजधानीको एक रिसोर्टमा छुट्टैभेला गरेर संशोधन विधेयक असफल पार्ने योजना बनाएका थिए । यसपछि सरकार आज पछि हटेको थियो ।

स्रोतकाअनुसार छुट्टै भेला गर्ने राप्रपाका सांसद्हरूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सहयोग र सद्भाव रहेको बताइएको छ । सो छलफलमा पूर्वराजाका प्रतिनिधिकोसमेत उपस्थिति रहेको र जसरी पनि संशोधन असफल पारेर देश जोगाउनुपर्छ भन्ने निर्णय भएको स्रोतले बताएको छ । यसरी पूर्वराजा ज्ञानेन्द्रले रोकेको थियो, नेपाललाई भारतको उपनिवेश बनाउने संविधान संसोधनको खतरनाक योजना ।

जसमा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको स्रोतको दाबी छ । कमल थापासँग कुरा नमिलेपछि राप्रपा एकता छाडेर लोहनीले हाल एराप्रपा राष्ट्रवादी पार्टी खोलेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....