काठमाडौं उपत्यकाको मौसममा एकाएक बदली

काठमाडौं, बैशाख १८ ।
काठमाडौं उपत्यकाको मौसममा आज बिहानबाट एकाएक बदली भएको छ । बिहान साढे ६ बजेसम्म घाम लागिसकेको मौसममा पौने ७ बजेपश्चात् मौसम पूरा अन्धकारमा बदलिएको हो ।
अहिले राजधानीलगायत आसपासमा वर्षा भइरहेको छ । घाम लाग्ने बेला डम्म बादल लागेर पानी पर्दा बिहानैदेखि अन्धकार जस्तो भएको छ ।घर र कार्यालयमा बत्ती बालेर काम गर्नुपर्ने अवस्था आएको छ भने एकछिन बत्तीसमेत गएपछि पूरै अन्धकार हुन पुगेको थियो ।
प्रतिक्रिया