राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार १२:१०


काठमाडौं, बैशाख १८ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेका छन् ।

उक्त छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राखेका थिइन् ।
प्रधानमन्त्री दाहालले बैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताएका छन् । घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर नपार्ने प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले बताएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशको विषयमा राखेका जिज्ञासामा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट गराएको आचार्यले बताए । करिब डेढ घन्टासम्म भएको उक्त भेटवार्तामा अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....