कायमुकायम प्रधानन्यायाधीश पराजुलीमाथि अर्को महाअभियोग लगाउने एमालेको गोप्य कार्य

काठमाडौं, बैशाख १८ ।
कांग्रेस र माओवादी केन्द्र मिलेर प्रधानन्यायाधीश सुशिला कार्कीमाथि अचानक आइतबार लगाइएको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उथलपुथल भएको राजनीति अझै पनि उथलपुथल हुने संकेत देखिएको छ ।
कार्कीविरुद्ध लागेको महाअभियोग पश्चात स्वतः निलम्बित भएपछि कायममुकामयम प्रधानन्यायाधीश रहेका सर्वोच्चका बरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुलीमाथि विपक्षी एमालेले अहिले महाअभियोग लगाउने गोप्य गृहकार्य भईरहेकाले राजनीतिमा थप उथलपुथल हुने भएको छ ।
एमाले उच्च श्रोतले जनाएअनुसार ‘कायममुकायम प्रधानन्यायाधीश पराजुलीमाथि महाअभियोग दर्ता गराउनेबारे छलफल भईरहेको छ ।’
उक्त महाअभियोग निरंकुशताको पूर्वाभ्यास भएको प्रतिक्रिया दिँदै एमालेले पराजुलीमाथि नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको दावी गर्दै अभियोग लगाउने तयारी भईरहेको जनाएको हो ।
प्रतिक्रिया