एमालेले काठमाडौं र ललितपुरमा आज उम्मेदवारी तय गरिँदै

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार ०६:३५


काठमाडौं, बैशाख १९ ।
नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि काठमाडौं र ललितपुर महानगरपालिकाबाहेक अन्य महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार तय भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, धुमबाराहीमा सोमबार सम्पन्न स्थायी कमिटीको बैठकले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा मानबहादुर बिसी र उपप्रमुखमा मञ्जु गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिव्या आचार्य, हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा हरिबोल महतका नामबारे निर्णय भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । हैटौँडाको उपप्रमुखबारे निधो हुन बाँकी छ ।

यस्तै काठमाडौं र ललितपुरमा उम्मेदवार चयनबारे आज बिहान पार्टीको स्थानीय कमिटीसँग परामर्श गरी स्थायी कमिटीले निर्णय गर्नेछ । काठमाडौंको प्रमुखका लागि प्रदेश कमिटीबाट जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य र सावित्रा भुसालको नाम सिफारिस भएको छ भने पूर्वप्रमुख केशव स्थापित पनि दाबेदार रहेका छन् । उनीहरू सबैका विषयमा बैठकमा छलफल भएको बुझिएको छ ।

पहिलो चरणमा यही बैशाख ३१ हुने स्थानीय निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....