कामपा र ललितपुर महानगरपालिकामा कांग्रेस, नेकपा (माले) र स्वतन्त्र पार्टीबाट उम्मेदवारी घोषणा

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार १४:०१


काठमाडौं, बैशाख १९ ।
सत्तारुढ दल नेपाली कांग्रेसकोतर्फबाट नेता राजुराज जोशी काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी, उप–मेयरमा हरिप्रभा खड्कीले उम्मेदवारी दिएकी छन् ।

मेयर पदमा उम्मेदवारी दिएका जोशी २०४७ सालमा जिल्ला कार्यसमिति काठमाडौंका सचिवसमेत थिए । त्यसबेला काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह रहेका थिए । उम्मेदवार जोशी वरिष्ठ नेता प्रकाशमान सिंह निकट मानिन्छन् ।

हाल जोशी कांग्रेसको महासमिति सदस्य रहेका छन् भने उद्योगमन्त्री नविन्द्रराज जोशीका दाई हुन् । कांग्रेसको आज बसेको पदाधिकारी बैठकले काठमाडौंको मेयरलगायत स्थानीय तहका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

यसैगरी, वरिष्ठ पत्रकार रविन्द्र मिश्रको साझा पार्टी निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेका कारण सो पार्टीकोतर्फबाट ललितपुरमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदका लागि रमेश महर्जन र उप–मेयरमा शोभा शाक्यको नाम दर्ता गराएका छन् । उनीहरूको योजना ललितपुरलाई एउटा नमुना शहरको रूपमा विकास गर्न हाकिम भएर होइन कामदार भएर काममा निष्ठापूर्ण भई अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भूकम्पले भत्काएका सांस्कृतिक सम्पदाको जिर्णोद्धार कार्यलाई समापन गर्ने उनीहरूको लक्ष्य रहेको छ ।

त्यसैगरी, ललितपुर महानगरपालिकामा नेकपा (माले)बाट मेयर पदका लागि मोहनराज शाक्य र उप–मेयरमा लक्ष्मी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । शाक्य र श्रेष्ठ दुबै लामो समयदेखि समाजसेवामा सक्रिय व्यक्तिहरू हुन् । त्यस्तै गोदावरी नगरपालिकाबाट मेयरमा मंगले पहारी र उपमेयरमा लीला रम्तेलले उम्मेदवारी दिएका छन् भने महालक्ष्मी नगरपालिकाका लागि मेयर पदमा ईश्वरी महर्जनले उम्मेदवारी दिएकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....