तालमेल विषयमा छलफल

काठमाडौं, बैशाख १९ ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय तहको निर्वाचनमा काठमाडौं र ललितपुर जिल्लामा तालमेल गर्ने विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सो विषयमा छलफल भएको हो ।
दुवै दलले आन्तरिक छलफल गरी उम्मेदवारीको टुङ्गो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौं र ललितपुर महानगरपालिकामा हालसम्म आफ्नो उम्मेदवार तय गरेको छैन ।
सो पार्टीका सचिव योगेश भट्टराईले सोमबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई सो बारेमा निर्णयमा पुग्न जिम्मेवारी दिएको बताएका छन् । अध्यक्ष ओलीले अहिले काठमाडौं र ललितपुर जिल्लाका नेता कार्यकर्तासँग तालमेलका विषयमा छलफल रहनु भएको जनाएको छ ।
प्रतिक्रिया