उम्मेदवार विषयलाई लिएर कांग्रेस केन्द्रीय कार्यालयमा हंगामा

काठमाडौं, बैशाख १९ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले पनि आफ्ना उमेदवारको टुङ्गो लगाउने अन्मित तयारीमा जुटेको छ ।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार चयनमा मनपरी गरेको भन्दै रामचन्द्र पौडेल समूहले आपत्ति जनाएको छ । पौडेल समूहले सभापति देउवाले एकलौटी गरेको र कृष्णप्रसाद सिटौलालाई भागबण्डामा सामेल गरेको आरोप लगाउँदै आएको छ ।
यसैबीच काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरी गरेको भन्दै भीमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गर्नुका साथै प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको छ । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको बताइएको छ ।
प्रतिक्रिया