माओवादी केन्द्रले गर्यो चार वटै महानगरमा उम्मेदवारको घोषणा

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार १९:३६


काठमाडौं, बैशाख १९ ।
नेकपा (माओवादी केन्द्र)ले चार वटै महानगरपालिकाको उम्मेदवार घोषणा गरेको छ । जिल्ला समितिको सिफारिशमा सबै महानगरपालिकाको उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ ।

माओवादीले काठमाडौंको मेयरमा सर्वोत्तम डंगोललाई उम्मेदवार बनाएको छ भने उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाइएको छ । डंगोल माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुन् भने नगर समितिको इञ्चार्जसमेत हुन् । उपमेयरकी प्रत्यासी पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

यसैगरी, राजधानीकै अर्को महत्वपूर्ण महानगरपालिका ललितपुरमा दिनेश महर्जन मेयर र उपमेयरमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ । माओवादीका जिल्ला इञ्चार्ज हरि दाहालकाअनुसार जिल्लाको सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ ।

ललितपुर महानगरपालिमा मेयरका उम्मेदवार महर्जन ललितपुर नगर इञ्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् । उपमेयरको उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताको रूपमा क्रियाशील व्यक्ति थिइन् ।

यस्तै भरतपुर महानगरको उम्मेदवारमा प्रचण्ड पुत्री रेणु दाहाललाई उम्मेदवार बनाएको माओवादी केन्द्रले उपमेयरमा भने ईश्वर सापकोटालाई उठाएको छ । मेयरको उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुनुहुन्छ भने सापकोटा स्थानीय नेता हुन् ।

यस्तै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा गोमा ढकाललाई अगाडि सारेको छ ।

पोखरा लेखनाथ महानगरका मेयरका प्रत्यासी लामिछाने पोखरा नगर विकास समितिका पूर्व अध्यक्ष हुन् । पोखराको परिचयको रूपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पारेका माओवादी केन्द्रका नेता हुन् । यस्तै उपमेयरका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताको रूपमा क्रियाशील छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....