प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन आईसीजेको आग्रह

काठमाडौं, बैशाख २० ।
मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आईसीजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
आयोगका प्रमुख म्याट पोलार्डले मंगलबार एक विज्ञप्ति जारी प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको उचित अभ्यास गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध अनुपयुक्त ढङ्गले ल्याइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्न अस्वीकार गर्नुपर्ने उल्लेख गरिएको छ ।
नेपालको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोगले स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको सिद्धान्तप्रति गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको न्यायिक क्षेत्रले अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै मानवअधिकारको रक्षा र कानूनी शासनको पालना गरेकाले अनावश्यक हस्तक्षेप गर्नु उचित नहुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया