स्थानीय तहको निर्वाचनका लागि ३४ जिल्लाका उम्मेदवारहरूको सूची आज प्रकाशित

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार १३:०९


काठमाडौं, बैशाख २० ।
निर्वाचन आयोगले बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि ३४ जिल्लाका उम्मेदवारहरूको सूची आज प्रकाशित गर्ने भएको छ ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्रले दिएका उम्मेदवारीको सूची मंगलबार नै प्रकाशित गरिने भनिए ता पनि कतिपय जिल्लामा राति अबेरसम्म उम्मेदवारी दर्ता भएकाले आज सूची प्रकाशित गर्न लागिएको हो ।

यसैगरी, आयोगकाअनुसार कुनै उम्मेदवारबारे केही उजुरी गर्नुपरेमा निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिने र उजुरी गरेको मनोनयनपत्र जाँच गरी बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाएको छ ।

पहिलो चरणमा वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा चुनाव हुनेछ । पहिलो चरणको चुनावबाट ९७ प्रमुख र उपप्रमुख, १ सय ८६ अध्यक्ष र उपाध्यक्ष चयन हुने छन् ।
त्यस्तै, २ हजार ५ सय ९८ वडाध्यक्ष तथा यति नै संख्यामा महिला र दलित सदस्य निर्वाचित हुने छन् ।

चुनावमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताहरूको सहभागी रहने छ । मतदानका लागि निर्वाचन आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकेको छ । उम्मेदवारी दर्ता गरेलगत्तै प्रचारप्रसारको काम सुरु भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....