सरकारबाट फिर्ता हुने घोषणा भएको करिब ४५ घण्टापछि राप्रपाको राजीनामा

काठमाडौं, बैशाख २० ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको करिब ४५ घण्टापछि बल्ल आज राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष बुझाएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङले आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर उक्त राजीनामा पत्र बुझाएका हुन् ।
सो पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरबारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको भए पनि प्रधानमन्त्रीले समय नदिएको दाबी गर्दै बुझाउन ढिलाई गर्दै आएको थियो ।
बैठकले महाअभियोग प्रकरणमा आफूहरूसँग कुनै छलफल नगरेकोप्रति असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपि सरकारबाट बाहिरिने की नबाहिरिने भन्ने विषयमा बैठकमा तीब्र विवाद भएको थियो भने विवादका बीच पनि थापाले सरकारबाट फिर्ता हुने निर्णय गराएका हुन् ।
राप्रपा प्रमुख सचेतक कुन्ती शाहीले प्रधानमन्त्रीले समय उपलब्ध गराएकाले पत्र अहिलेसम्म पत्र बुझाउन ढिलो भएको बताइन् । तर प्रधानमन्त्रीको सचिवालयले भने थापाले भेटका लागि समय नै नमागेको जनाएको छ । प्रधानमन्त्रीका स्वकिय सचिव प्रकाश दाहालले भने कमल थापाले प्रधानमन्त्रीसँग भेटका लागि समय नै नमागेको र आज दिउँसो २ बजेभने प्रम कार्यालयमा पुगेर पत्र बुझाइएको बताए ।
राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरू भने मन्त्रालय जान छाडिसकेका थिए । पर्यटनमन्त्री बनेका दिलनाथ गिरीले मंगलबार मन्त्रालयमा पुगेर सबै कर्मचारीसँग बिदा भएर फर्किएको बताएका थिए ।
प्रतिक्रिया