कांग्रेसबाट १३ जना चुनावअगावै विजयी, कहाँ–को विजयी भए ? (नामावलीसहित)

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार १८:५४


काठमाडौं, बैशाख २० ।
निर्वाचन आयोगले बैशाख ३१ गते चुनावको मिति तय गरेको छ । तर, त्यो मितिअगावै नेपाली कांग्रेसले आफ्ना १३ जना उम्मेदवारीलाई विजयी भएको सूचीमा राखेका छन् ।

कांग्रेसले हिजो गरिएको मनोनयनमा एक मात्र कांग्रेसका उम्मेदवार मात्र परेकाले निर्विरोध भएको भन्दै निर्विरोध निर्वाचितको सूचीमा राखेको हो । जसअन्तर्गत मनाङमा भने गाउँपालिकाको अध्यक्षमा मिङ्मा छिरिङ लामा नै निर्विरोध निर्वाचित भएको जनाएको छ भने म्याग्दी, गोरखा, सिन्धुपाल्चोक, जुम्ला, चितवन, तनहुँ, मकवानपुर, लमजुङ, नवलपरासीमा कतिपयमा वडा अध्यक्ष र वडा सदस्यहरू निर्बिरोध निर्वाचित भएको जनाएको छ । चुमनुब्री गाउँपालिकाको वडा नं. १ सामागाउँको वडाध्यक्षमा कांग्रेसबाट वीरबहादुर लामा निर्विरोध भएका छन् । गौरीशङ्कर निमाविको प्राध्यापक पदबाट राजीनामा दिई लामाले वडाध्यक्षका लागि उम्मेदवारी दिएका थिए ।

यस्तै चुमनुब्री गाउँपालिकाको वडा नं. २ ल्होको वडाध्यक्षमा कांग्रेसका पेम्बा रितार निर्विरोध भएकी छन् भने सोही गाउँपालिकाको वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसकै सोनाम ग्याल्जेन लामा निर्विरोध भएका छन् । सो गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट धनबहादुर गुरुङ, नेकपा एमालेबाट कान्छी गुरुङ, नेकपा (माओवादी केन्द्र) बाट लाक्पा डुण्डप लामा र नयाँ शक्ति नेपाल पार्टीबाट रिञ्जिन नोर्बु लामाको उम्मेदवारी परेको छ ।

मनाङ जिल्लाको नारफु गाउँपालिकाको अध्यक्षमा मिङ्मा छिरिङ लामा

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ३ को वडा अध्यक्षमा एकबहादुर गर्बुजाद,

कुइने मंगले गाउँपालिका वडा नं. ८ बाट वडा सदस्यहरू खबहादुर छन्त्याल, महिला सदस्य प्रिति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती

गोरखा जिल्लाको चुम्नप्री गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा वीरबहादुर लामा तथा वडा नं. ३ को वडा अध्यक्षमा पेम्बा रितार र वडा नं. ५ को वडा अध्यक्षमा सोनाम ग्याल्जेन लामा

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को दलित महिला सदस्यमा सुनित सुनार

दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य ठूली कान्छी विश्वकर्मा

मकवानपुरको कुलेखानीमा रहेको ईन्द्रसरोबर–गाउँपालिका वडा नम्बर १ को दलित महिला सदस्य लक्ष्मी दमाई,

मकवानपुर गढी–१ दलित महिला सदस्य ठूलीमाया विश्वकर्मा, कैलाश गाउँपालिका वडा नम्बर–७ मा दलित महिला सदस्य उद्धवमाया दर्जी रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....