ललितपुर महानगरपालिकाको प्रमुख/उपप्रमुखमा तीसको उम्मेदवारी

ललितपुर, बैशाख २१ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ ।
सहायक प्रमुख निर्वाचन अधिकृत ईश्वर आचार्यकाअनुसार १७ जनाको प्रमुखमा र १३ जनाको उपप्रमुखमा उम्मेदवारी परेको छ । १७ प्रमुखमध्ये ११ पुरुषले विभिन्न राजनीतिक दलकातर्फबाट उम्मेदवारी दिएका छन् भने छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी १३ उपप्रमुखमध्ये नौ जनाले विभिन्न राजनीतिक दलकातर्फबाट र चार जनाले स्वतन्त्र उम्मेदवारी दिएको उनले जानकारी दिए । उपप्रमुखमा दुई पुरुष र ११ महिला उम्मेदवार रहेका छन् ।
ललितपुरमा कूल दुई लाख १३ हजार ७३ मतदाता रहेका छन् । महानगरपालिकामा मात्रै एक लाख १३ हजार नौ सय २३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कूल २९ वडा संख्या रहेको महानगरमा एक सय ३२ वटा मतदान केन्द्र रहेको छ । ललितपुर महानगरपालिकाको वडा अध्यक्षमा एक सय ६४, महिला सदस्यमा एक सय २९, दलित महिला सदस्यमा ५४ र खुलाबाट दुई सय ६३ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया