प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

काठमाडौं, बैशाख २१ ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने जनाएका छन् । संसद् बैठक आज दिउँसो बस्दैछ ।
एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो प्रस्ताव ल्याइनु गलत भएको बताए ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का दुई सय ४९ सांसद्ले यही बैशाख १७ गते सो प्रस्ताव संसदमा दर्ता गराएका थिए ।
उनले निर्वाचन सम्बन्धमा स्थानीय आवश्यकता र जितको सुनिश्चितता एवं मुद्दाका आधारमा स्थानीय निर्वाचनमा तालमेल गरिएको पनि बताएका छन् ।
प्रतिक्रिया