कूटनीतिक सम्बन्ध विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा दुई देशबीच सहमति

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहीबार १७:२५


काठमाडौं, बैशाख २१ ।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र सिङ्गापुरका विदेश एवं मानव संशाधन विकासमन्त्री जोसेफिन तेओबीच आज सिङ्गापुरमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा सिङ्गापुर र नेपालको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तार तथा लगानी प्रवद्र्धनका लागि द्विपक्षीय संयुक्त परामर्श संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको हो ।

नेपालमा लगानीका लागि मन्त्री डा. महतले सिङ्गापुरका विदेशमन्त्रीसँग आग्रह गरेका थिए । त्यस क्रममा नेपालमा सिङ्गापुरले गर्ने लगानीका सम्भावनाहरु खोज्ने विषयमा सिङ्गापुर र नेपालका लगानी बोर्डको संयुक्त परामर्श बैठक गर्ने विषयमा सहमति भएको थियो ।

परराष्ट्र मन्त्री डा महतले लामो समयको राजनीतिक सङ्क्रमणको समाप्तिसँगै नेपाल शान्ति, स्थिरता र विकासको मार्गमा अघि बढेकाले नेपालमा लगानीको वातावरण निर्माण भएको भन्दै लगानीका लागि आग्रह गरेका थिए ।

उनले नेपालमा गएको विनाशकारी भूकम्पपश्चात्को उद्धार, राहत र पुनःनिर्माणमा सिङ्गापुरबाट प्राप्त सहयोगका लागि सिङ्गापुर सरकार र त्यहाँका जनतालाई आभार व्यक्त गरेका थिए ।

उनले नेपालको आर्थिक विकासमा सिङ्गापुरको सहयोगका सम्भावनाहरू देखाउँदै नेपालमा विषेश गरी जलस्रोत, पूर्वाधार विकास, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सक्ने बताएका थिए । त्यस्तै सिङ्गापुरमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि भिसालगायतका व्यवस्थाहरूमा थप सहजीकरणका लागि समेत अनुरोध गरेका थिए । सिङ्गापुरका विदेशमन्त्री तेओले यी विषयलाई सकारात्मक रूपमा लिएका थिए ।

आजै बिहान मन्त्री डा. महतले सिङ्गापुरस्थित गोर्खा कन्टिन्जेन्टको भ्रमण गरी उक्त कन्टिन्जेन्ट तथा त्यहाँ कार्यरत नेपालीहरूको बारेमा जानकारी लिए ।

मन्त्री डा महतले आजै साँझ नेपाली राजदूतावास, बैंकक तथा सिङ्गापुरस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासद्वारा संयुक्त रूपमा आयोजना गरिएको नेपालमा व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धन विषयक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....