कामपाबाट नौ जनाले उम्मेदवार फिर्ता, को–को परे ?

काठमाडौं, बैशाख २२ ।
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये पाँच वडाध्यक्ष र चार सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालकाअनुसार कामपा–३२ मा राप्रपाका उम्मेदवार मीना गिरी तथा स्वतन्त्र उम्मेदवार वडा नं. ११ का रितेश केसी, वडा नं. १६ का रवीन्द्रकुमार श्रेष्ठ, वडा नं. ७ का कैलाश गड्तौला र वडा नं. ९ का सुवास ढकालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यसैगरी कामपा–५ बाट राजु डङ्गोल, वडा नं. १६ बाट सुशीला मानन्धर, वडा नं. ३१ बाट गणेशकुमार श्रेष्ठ र वडा नं. ११ बाट पवनजङ्ग ठकुरीले सदस्य पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
कामपामा एक सय ६२ पदका लागि राजनीतिक दल र स्वतन्त्र गरी आठसय ८७ जनाको उम्मेदवारी परेको थियो । महानगर प्रमुखमा २८, उपप्रमुखमा १३ तथा वडाध्यक्ष र सदस्यमा आठ सय ४६ को उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया