महाअभियोग प्रस्ताव फिर्ताको माग गर्दै व्यवस्थापिका–संसद्को दोस्रो बैठक स्थगित (भिडियो सहित)

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार १५:०३


काठमाडौं, बैशाख २२ ।
व्यवस्थापिका–संसद्को दोस्रो बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको थियो ।

बैठक प्रारम्भ हुनासाथ सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिएलगत्तै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै वेल घेराउ गर्न पुगेका थिए ।

विपक्षी पक्षले नाराबाजी गर्न थालेपछि सभामुख घर्तीले ‘संसदीय मूल्य, मान्यता र प्रक्रियाका बारेमा तपाईंहरूले ज्ञान लिनुभएको छ, छ भने प्रक्रियाको पालना गरौं’ भनी आग्रह गरेका थिए ।

विपक्षीले अवरोध जारी गरेलगत्तै बैठक बैशाख २४ गते आइतबार दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....