टेकु अस्पतालमा एक बिरामीद्वारा आत्महत्या

काठमाडौं, बैशाख २३ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका एक बिरामीले आत्महत्या गरेका छन् । हेटौँडाका ३७ वर्षीय कुल्लेराम प्रजापतीले अस्पतालको शौचालयको भेन्टिलेसनमा तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् ।
शौचालयमा भित्रबाट चुकुल लगाएर उनले आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । उनी एचआईभीको उपचार गराइरहेका थिए । गत बैशाख १८ गते उनी अस्पताल भर्ना भएका थिए । एचआईभी रोगकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे पोष्ट मार्टम पछि थप जानकारी आउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया