काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने तयारी : नेता सिंह

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार १२:४३


काठमाडौं, बैशाख २३ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको नेपाली काँग्रेसले अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताएका छन् ।

नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै स्थानीय तहको निर्वाचनसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताए ।

पूर्व उप–प्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले मुलुकलाई शान्ति र समृृद्धिको मार्गमा अगाडि बढाउन नेपाली काँग्रेसको भूमिका आवश्यक रहेको उल्लेख गरे ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....