नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो

प्रकाशित मिति: २३ बैशाख २०७४, शनिबार १५:०७


काठमाडौं, बैशाख २३ ।
स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ ।

ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउने जनाएको छ ।तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा संसद पुग्न सकेको छैन ।

मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार दैनिक रूपमा कार्यालय आएर सेवा प्रदान गर्नुपर्ने पदाधिकारीलाई न्युनतम सेवा–सुविधा दिने व्यवस्था गर्न लागिएको हो ।

यसरी तलब सुविधा पाउनेमा भने महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु पर्नेछन् ।

महानगरपालिकामा प्रमुखको रु.६० हजार, उपप्रमुख रु. ५० हजार र वडाअध्यक्ष रु. ३० हजार

उपमहानगरपालिकामा प्रमुखको रु. ४५ हजार, उपप्रमुखको रु. ४० हजार र वडाअध्यक्षको रु.२५ हजार

नगरपालिकामा प्रमुखको रु. ३० हजार, उपप्रमुखको रु. २५ हजार र वडाअध्यक्षको रु. २० हजार

त्यस्तै, गाउँपालिकामा प्रमुखको रु. २५ हजार, उपप्रमुखको रु. २० हजार र वडाअध्यक्षको रु. १५ हजार रहेको छ ।
स्थानीय तहमा निर्वाचित वडा सदस्यहरूका लागि एक हजार रूपैयाँ बैठक भत्ता प्रस्तावित गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....