७८ वर्षीया समाजसेवी श्रेष्ठद्वारा वडाध्यक्षमा उम्मेदवारी

ललितपुर, बैशाख २३ ।
बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसार तीब्र रूपमा भइरहँदा विभिन्न पार्टीले पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी प्रचार गर्ने क्रम पनि जारी रहेको छ ।
यसै क्रममा आज ललितपुरमा नेकपा (माले)द्वारा आयोजित एक पत्रकार सम्मेलनमा ७८ वर्षीया समाजसेवी भोजकुमारी श्रेष्ठले आफू लामो समयदेखि समाजसेवा क्षेत्रमा सक्रिय हुँदै स्थानीयबासीको सेवामा समर्पित हुँदै आइरहेको जानकारी गराउँदै स्थानीयबासीहरूको सहयोग र समर्थनका साथै उहाँहरूको प्रोत्साहन र हौसलाका कारण आफू वडा नं. १४ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको जानकारी गराएकी छन् ।
प्रतिक्रिया