भक्तपुरमा काठको भुस बलेर भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार ०८:०७


भक्तपुर, बैशाख २४ ।
भक्तपुर नगरपालिका वडा नं. १ तेखापुखूमा गएराति करिब २ बजेदेखि भीषण आगलागी भएको छ । आगो अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

आगलागीबाट आठ घर–परिवार बस्दै आइरहेको पाँच वटा घर पूर्ण रूपमा ध्वस्त भएको उनले जानकारी दिए । इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घरमा आगलागी भएको हो ।

बिहान साढे २ बजेदेखि स्थानीय बासिन्दा, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीसहित भक्तपुरका दुई, काठमाडौंको एक, ललितपुरको दुई र नेपाल प्रहरीको एक गरी छ वटा दमकलले बिहानसम्म आगो नियन्त्रणको प्रयास जारी राखेको उनले बताए ।

आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका अधिकांश सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....