बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज गरिने

प्रकाशित मिति: ८ श्रावण २०७७, बिहीबार १४:०९


काठमाडौं, श्रावण ८ ।
गएको १२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा नोभल कोरोना भाइरस (कोभिड–१९)को उपचार गराइरहेका बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखाएको छ ।

पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । उनलाई आजै साँझसम्ममा डिस्चार्ज गरिने भएको छ ।

उनीसँगै परिवारका सदस्यहरू ऐश्वर्या राय र आराध्यामा पनि कोरोना देखेपछि अस्पतालको आइसोलेसनमा राखी उपचार गराइरहेका छन् । ऐश्वर्या र आराध्याको रिपोर्ट अहिले नै आइनसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

रिलायबल समृद्धि योजना बैशाख ३ गतेबाट बिक्री खुला

काठमाडौं, बैशाख २ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबर्द्धक तथा रिलायबल.....