आज बस्ने भनिएको संसद बैठक जेठ ४ सम्मका लागि स्थगित

काठमाडौं, बैशाख २४ ।
आज दिउँसो १ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी आगामी जेठ ४ गतेसम्मको लागि संसद बैठक स्थगित गरिएको छ ।
बैठकमा संविधान संशोधनको विषयमा सत्तापक्ष र विपक्षीबीच सहमति कायम हुन नसकेपछि पहिलो चरणको चुनावसम्मका लागि व्यवस्थापिका संसद्को बैठक सूचना टाँस गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
सभामुख ओनसरी घर्तीले संसद भवनको शंकर हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै छिन् ।
प्रतिक्रिया