पैदल यात्रुलाई महानगरीय ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक शिक्षा

प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार १४:२३


काठमाडौं, बैशाख २४ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी बाटो काट्ने तथा बाटामा हिँड्ने व्यक्तिलाई ट्राफिक जनचेतनामूलक शिक्षा प्रदान गरेको छ ।
महाशाखाले आज बिहान सुन्धाराबाट सुरु गरेको पदयात्रा टँुडिखेल क्षेत्र परिक्रमा गरी शान्तिवाटिकामा सम्पन्न गरी पैदल यात्रुलाई ‘काठमाडौं उपत्यकामा ध्वधि निषेध गरौँ, फुटपाथको प्रयोग गरौँ, जेब्रा क्रसिङ र आकासे पुलको प्रयोग गरौँ’ जस्ता नाराका साथ ट्राफिक जनचेतनामूलक शिक्षा प्रदान गरेको हो ।

सो अवसरमा नेपाल यातायात राष्ट्रिय महासङ्घ र विभिन्न ट्रेड युनियनका पदाधिकारीको सहभागिता थियो । सहभागीले आकासे पुल र फुटपाथमा बसेर सडक प्रयोगकर्तालाई सम्झाइबुझाइ गरेका थिए ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदलयात्रुसँग सम्बन्धित हुने जानकारी दिँदै यसको न्यूनीकरणका लागि सो अभियान चलाइएको बताएका छन् । उनले भने, ‘बैशाखभर हामी जनचेतनामूलक शिक्षा प्रदान गछौँ, त्यसमा पनि पैदलयात्रुले नमाने जेठदेखि रु दुईसय जरिवाना लिन्छौँ ।’

महाशाखाले ट्राफिक क्षेत्रलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकासँग मिलेर बैशाख १ गतेदेखि हर्न निषेधसमेत गरिसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपाली अमेरिकाद्वारा डिपोर्ट

काठमाडाैं, जेठ २५ । अवैध रूपमा अमेरिका पुगेका थप ३७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ ।.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....