गिरफ्तार गरिएका कार्यकर्ता रिहा नगरे कडा रूपमा उत्रने विप्लवको चेतावनी

काठमाडौं, बैशाख २४ ।
शान्तिपूर्ण निर्वाचन विरोधी कार्यक्रम गरिरहेका आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरिरहेको भन्दै बिनाशर्त रिहा नगरे कडा रूपमा उत्रने नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वक्तव्य जारी गर्दै चेतावनी दिएका छन् ।
विप्लवले सरकारले जारी राखेको गिरफ्तारी र धर–पकडविरुद्ध उत्रन कार्यकर्ता र जनतालाई अपीलसमेत गरेका छन् । विनाकारण गिरफ्तार गरिएका नेता कार्यकर्ता बिनाशर्त तत्काल रिहाइ नगरे जस्तोसुकै कठोर कदम चाल्न पार्टी तयार रहेको जारी वक्तव्यमा जनाइएको छ ।
प्रतिक्रिया