काठमाडौंका चर्चित गुण्डा नाइके दीपक मनाङेसहित केही युवा पक्राउ

काठमाडौं, बैशाख २५ ।
राजधानीका चर्चित गुण्डा नाइके मध्ये एक दीपक मनाङेलाई आइतबार साँझ ठमेल परिसरबाट पक्राउ गरिएको छ ।
बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्टअनुसार उनलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले जानकारी दिएका छन् । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको थियो ।
प्रतिक्रिया